काठमाडौं। सरकारको मन्त्रिपरिषद बैठले विज्ञापन बोर्डको अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेसँगै विभिन्न निर्णयहरु गरेको छ ।
सोमवार सरकार प्रवक्ता तथ सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुुव्वा गुरुङले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन ।
प्रवक्ता गुरुङका अनुसार बैठकले एकैपटक १० जना सचिवको सरुवा गरेको छ ।
बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवातर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रसारण नियमावली २०८२ स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रबृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै इपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ ।
Categorized in राष्ट्रिय