१४ बैशाख २०८१, शुक्रबार
Header

विजय स्मारक स्कुलमा कम्प्युटर ल्यावको उद्धघाटन प्रमुख शाक्यले गरे


प्रकाशित: सोमवार, ७ भाद्र २०७८, १०ः५० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाका सहयोगमा महानगरको वडा २९ डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा कम्प्युटर ल्यावको स्थापना गरिएको छ । 


आईतवार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उक्त ल्याबको उद्धघाटन गरे । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त १९ लाख ५० हजार रुपैयाँमा आन्तरिक स्रोतबाट करीब ९३ हजार रुपैयाँ थप गरेर कम्प्युटर र फर्निचर खरिद गरेर ल्याव स्थापना गरिएको हो ।


सो अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि महानगरले लगानी गरिरहेको उल्लेख गरे । 


विजय स्मारक स्कूलमा विज्ञान प्रयोगशाला र पुस्तकालय बनाउन महानगरले सहयोग गर्ने प्रमुख शाक्यको भनाइ थियो ।


पद्मकन्या विद्याश्रम स्रोत केन्द्रका स्रोत व्यक्ति खगराज जोशीकाअनुसार यस स्रोतकेन्द्रमातहतका ९ वटा विद्यालयमध्ये ८ वटाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको अनुदान प्राप्त गरेका छन ।


हामीले अहिले ३० वटा कम्प्युटरबाट ल्याव स्थापना गरेका छौँ । यसमा ६ वटा थप गर्दैछौँ । विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माका अनुसार इन्टरनेट सुविधा जोडेर सूचना प्रविधि ल्याबका रुपमा विकास गर्ने योजना छ ।


शर्माकाअनुसार ५ वटादेखि १० वटासम्म कम्प्युटर राखेर विद्युतीय लाइव्रेरी स्थापना गरिने छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रकुमार कार्कीले महानगरको अभिभावकत्वबाट विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारमा उपलब्धी हासील हुने अपेक्षा गरे ।


यो स्कूल ०१२ सालमा स्थापना भएको हो । कम्प्युटर ल्याब थपिए पछि एघार र बाह्र कक्षाका विद्यार्थीका लागि कम्प्युटर विषय थप्ने विद्यालयको योजना छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD