१६ चैत्र २०८०, शुक्रबार
Header

विच्याटले नेपालमा कारोबारको अनुमति पायो


प्रकाशित: विहिवार, २३ माघ २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट कम्पनी विच्याटले नेपालमा कारोबारको अनुमति पाएको छ ।


विच्याटको कारोवार र एनएमबी बैंकमार्फत हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । कारोबार गर्नको लागि एनएमबी बैंकले विच्याटलाई एक्वायर गरेको छ । 


चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर विच्याटको सुविधा दिन खोजिएको बैंकले जनाएको छ । पहिलो चरणमा होटल तथा सपिङ मलमा भुक्तानी गर्दा विच्याटको सुविधा दिने जनाएको छ ।


नेपालमा डिजिटल पेमेन्टको लागि विच्याटले वैधानिक मान्यता पाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD