२३ बैशाख २०८१, आइतबार
Header

विकास बोर्डले मदनकृष्ण र सिने पत्रकार विजयरत्नसहित १० जनालाई पुरस्कृत गर्दै


प्रकाशित: सोमवार, १ असोज २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले वरिष्ठ हास्ककलाकार मदनकृष्ण श्रेष्ठ र सिने पत्रकार विजयरत्न तुलाधर सहित १० जनालाई सांस्कृतिक रूपान्तरण पुरस्कार, २०८० पुरस्कार प्रदान गरिने भएको छ ।


आइतबार बसेको बोर्डको बैठकले प्रकाशित गरेको पुरस्कार पाउनेहरुको सुचीहरु मिथिला शर्मा, दयाराम दहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दिपाश्री निरौला, मनोज पण्डित र मीनबहादुर भामलाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो । 


असोज ३ गते पर्ने संविधान दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आतिथ्यमा पुरस्कार प्रदान गर्न लागिएको हो ।


सामाजिक र शासकीय रूपान्तरणमा योगदान पुराएको भन्दै चलचित्रकर्मी र संस्थालाई पुरस्कार दिन लागेको हो । 


चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिलाई पनि पुरस्कार दिन लागेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD