काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले चुनावमा जनतासामु गरिएको नगर विकासको योजनाले साकार पाउने बताएका छन ।
बल्खुस्थित कामपा वडा नं. १४ भवन शिलान्यासको क्रममा प्रमुख शाक्यले सो कुरा बताउँदै नगर विकासको लागि आवश्यक योजनाको प्रस्ताव जनसमक्ष आव्हान समेत गरका छन ।
भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्गमिटर (करीब ८ आना) जग्गामा भवन निर्माणको ठेक्का पाएका गर्न पि. आर.बाबुरत्न जे. भि.ले सो भवन एक बर्षभित्र निर्माण गरिसक्नु पर्नेछ ।
४ करोड ३४ लाख ३३ हजार ६९२ रुपैयाँ ९० पैसा कबोल गरेर छनौटमा परेको सो भवनको लागत अनुमान ५ करोड ५२ लाख ७२ हजार ४८१ रुपैयाँ ३५ पैसा अनुमान गरिएको थियो ।
वडा भवनको भुँइ तलामा ३० वटा मोटरसाइकल अट्ने ठाउँ हुनेछ । यसबाहेक साढे ४ तलामा बन्ने भवनको कुल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ बर्गफिट हुनेछ ।
सो उद्घाटनको क्रममा वडा अध्यक्ष शोभा सापकोटाले भवन अपांग मैत्री तथा सुविधान सम्पन्न हुने बताए ।
कार्यक्रममा प्रदेश ९ का संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, ्रदेश सभा सदस्य डा. अजयक्रान्ति शाक्य र बिना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
यो भवनको डिजाइन इञ्जिनियर कबिन्द्र नकर्मीले गरेका हुन ।
Categorized in समाज