२१ बैशाख २०८१, शुक्रबार
Header

वास्या द्यः(दाँतको देउता)को छोपिएको सिसा खुला गरियो


प्रकाशित: शनिवार, २ मंसिर २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको बांगेमुुढास्थित रहेको वास्या द्यः (दातको देउता) लाई छोपिराखिएको सिसाको भाग खुला गरिएको छ । 


काठमाडौं महानगरपालिका वडा २५ का वडा सदस्य लिनोदवीर सिंह तुलाधरले शनिवार स्थानीय, सरोकावाला तथा सम्पदा संरक्षण अभियानका अभियानकर्ताहरुको पहलमा सो छोपिएको सिसाको भाग खुला गरेको जानकारी दिए ।


‘छोपिएको भएर सफासुुग्घर पनि भएन, केही नदेख्ने भयो र खोल्ने कुरा भयो र सबैको सरसल्लाह भएर खोलेको हो र यसमा थप संरचनाहरु राखिने छ ।’ सदस्य तुलाधरले भने । 


यस अघि सो स्थानको संरचनामा एक व्यक्तिले क्षति पुराएपछि सुरक्षाको लागि भन्दै सिसाले छोपिएको थियो । 


वास्या द्यः मा आएर आफुुलाई दाँतको कुनै समस्या आए सिक्का ठोकेको खण्डमा आराम हुने जनविश्वसास रहेको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD