काठमाडौं । बहुचर्चित बालुवाटारको जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन ।
श्रेष्ठले आईतवार दिउँसो २ बजेतिर बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा केही समय यता बयान दिइरहेका ७५ बर्षिय श्रेष्ठले आत्महत्या किन गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएका छ ।
सिटी सेन्टरमा सामान किनमेल गर्न भनी गएका श्रेष्ठले हाम फालेर आत्महत्या गरेका हुन । उनीमाथि प्रधानमन्त्रीको निवास बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको आरोप रहेको छ ।
Categorized in राष्ट्रिय