२३ बैशाख २०८१, आइतबार
Header

वार्ता निष्कर्षविहिन भयोः महानगर प्रवक्ता मानन्धर 


प्रकाशित: मंगलवार, ९ असोज २०८०, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिका र ईःका प्रतिनिधिहरुविच भएको वार्ता असफल भएको छ । 


काठमाडौं महानगर प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धरले वार्ता निष्कर्षविहिन भएको बताएको छ । 


‘वार्ता असफल भएको छ, उहाँहरुले हिजो जसरी पसल राखेको छ, त्यसरी नै चलाउन पर्ने दशैसम्म माग गर्नुभयो’, उनले भने,‘ अव उठाईसकेका चिजहरु फेरी त्यसरीनै लग्न हामी सहमत भएनौ ।’


अब अर्को वार्ता कहिले हुने वा नहुने भन्ने मिति नतोकिएको उनले बताए । 


मंगलवार महानगरपालिको औपचािरक प्रस्तावमा ईःका प्रतिनिधिहरुसँग वार्ता गर्ने सहमित भएपछि वार्ता भएको थियो । 


वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनको उपस्थिती रहेको थियो । 


ईःका प्रतिनिधिहरु विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायणको नेतृत्वमा अधिवक्ता सञ्जय अधिकारी, प्रज्वलत्ता कार्की, सडक व्यवसायीका प्रतिनिधि सुजन गिरी र शहरी पूर्वाधार विज्ञ राज महर्जन वार्तामा सहभागी थिए । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD