काठमाडौं । केही समययता सोसल मिडिया टिवटरमा वारेन बफेटको नाममा खोलिएको फेक टिवटर अकाउन्टले लाखौ फलोअर्स बटुलेको छ ।
अरवपति वाफेटको नाममा खोलिएको टिवटरले जीवनमा सफलता कसरी हासिल गर्न सकिन्छ भनेर टिप्सहरु टिविट् गरेपछि एकै पटक ३ लाखभन्दा बढिले टिविट गरेका थिए ।

यस अकाउन्टले केही दिनमै हजारौ फलोअर्स बटुल्न सफल समेत भयो ।
यहा सम्म कि दुनियाँभरका ठुल–ठुला राजनेता तथा पत्रकारहरुले पनि यो अकाउन्टलाई फलो गरेको देखिनुका साथै टिविट गरेका सामग्रीहरुलाई रि–टिवट गर्न समेत भ्याएका छन् ।
यस विषयमा विविसीले सो फेक अकाउन्ट चलाउने व्यक्तिलाई सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा आउन चाहेन ।
अकान्टका विशेष गरी प्रेरक सामग्रीहरु टिविट गरेको पाईन्छ । उनले टिविट गरेको एक टिविट ‘हरेक प्रकारको प्रगती कम्फर्ट जोन भन्दा बहिर छ’ मा हजारौले रिटिविट गरेका थिए ।
खासमा यो टिविट फेक भएको कुरा पत्ता लगाउन ध्यान दिएर हेर्नु पर्ने हुन्छ । वारेन वाफेट जस्ता विश्वका हस्तीको टिविटर अकाउन्टमा ‘निलो टिक’ टिविटरले राख्ने गर्दछ । फेक अकान्टमा त्यस्तो छैन । अर्को कुरा उनको नामनै गलत लेखिएको छ ।

त्यसैगरी वाफेटले टिविट अकाउन्टमा खाली प्रेरक सामग्री मात्र नभएर अरु कुराहरु पनि टिविट गरेको हुन्छ । यस फेक अकाउन्टमा खाली प्रेरक सामग्री रहेको छ ।
वाफेटले आफ्नो अकाउन्ट एकमदै कम चलाउने गरेको छ ।
Categorized in प्रबिधि