१४ बैशाख २०८१, शुक्रबार
Header

वायु प्रदुषण हटाउन भक्तपुर टुर्सले पदयात्रा गर्दै


प्रकाशित: मंगलवार, २४ चैत्र २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । वायु प्रदर्शनले काठमाडौ उपत्यका लगायात नेपालका विभिन्न सहरहरु ढोकेको छ । 


भक्तपुर टुर्सले नयाँ बर्ष २०७८ को अवसरमा बैशाख १ गते सहरबासीहरुलाई कम मात्रमा सवारी साधनमा यात्रा गर्ने सन्देश प्रवाह गर्ने उदेश्यले पदयात्रा गरिने भएको हो । 


३३ पोखरी पदयात्रा समितिको संयोजनमा करीब ३३ हजार फीट लामो उक्त पद यात्रा गरिने समितिले जनाएको छ । सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्नु पर्नेछ ।


उक्त पदयात्रा गर्न सामान्य मानिसलाई ३ घन्टा ३३ मिनेट लाग्छ । वातावरण प्रदुर्षणको अनेक कारण मध्ये अत्याधिक रुपमा सवारी साधनको प्रयोग पनि भएकोले सो कम गरिन दिनको लागि पदयात्राले सन्देश दिने बताईएको छ । 


पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुनेछ । पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।


यो यात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुतनितिक नियोगका अधिकारीहरुको समेत सहभागीता हुनेछ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित सम्हे बजीको ब्यबस्था गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD