काठमाडौं । नेपाल वायुसेवा निगमको टिकट सर्वसाधरणले अनलाईनलबाटै खरिद गर्न पाउने भएका छन् ।
निगम र ईसेवा फोन पे बीच अनलाईन तिकेटिङको सम्झौता भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र ईसेवाको सिईयो रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सोमबारदेखि नै निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने भएको छ ।
यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्स, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो ।
इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाको ‘अनलाइन पे’ ले पछिल्लो समय व्यपाकता पाउन थालेको छ ।
मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी सहजै गर्न सकिनछ । सेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन ।
Categorized in प्रबिधि