१५ बैशाख २०८१, शनिबार
Header

वाटर एटिएमको प्रयोग कसरी गर्ने (भिडियो)


प्रकाशित: शुक्रवार, ७ फागुन २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको रत्नपार्क, बालाजु र स्वयम्भुको भगवान पाउँमा वाटर एटिएमको उद्धघाटन भएको छ ।


रत्नपार्कमा सञ्चालित वाटर एटिएममा कार्यरत एक कर्मचारीले यसको प्रयोग बारे बताएका छन । सर्वसाधरणहरु यसको प्रयोगबारे अझै पनि अनभिज्ञ देखिएको छ । 


यसको प्रयोगबारे ती कर्मचारीले महनगरखवरडटकमका अजय खड्गीसँग गरेको भिडियो वर्ता यस प्रकार रहेको छः –

 


महानगरले गएको चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता भएपछि राखिएको हो ।


वाटर एटिएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा शुरुवात्मा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । 


त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मुल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD