१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

वाईडवडी खरिद प्रकरणमा वहालवाल र पूर्वमन्त्रीलाई कार्वाही सिफारिस


प्रकाशित: सोमबार, २३ पुष २०७५, १३ः१७ बजे
- महानगरखबर

काठमाडौं । सार्वजनिक लेखा समिमित वाईडवडी विमान खरिद प्रकरणमा भ्रष्टाचार ठहर भएको भन्दै वहालवाल मन्त्री र पूर्वमन्त्रीहलाई कर्वाहीको सिफारिस गरेको छ । 


समितिको वाइड बडी खरिदसम्बन्धी उपसिमितिले तयार पारेको प्रतिवेदन अनुसार वहालमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार ठरहाएर कार्वाही सिफारिस गरेको छ । 


त्यसैगरी पूर्वमन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाईलाई पनि कार्वाही सिफारिस गरेको छ । 


यस अघि मन्त्री अधिकारी, पूर्वमन्त्रीद्धय शाही र देवलाइ बदनियतपूर्ण भनेर प्रतिवेदनमा उल्लेख थियो जुन परिमार्जन गरेर पारित गरिएको छ । 


सोमबार सिंहदरबारमा बसेको समिति बैठकले उपसमितिले बुझाएको प्रतिवेदनमा केही परिमार्जन गरेर पारित गरेको हो । 


यसअघि आज मात्र पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले आफूलाई अनुमान  र पूर्वाग्रहका आधारमा अनियमिततामा मुछेको बताएका थिए ।


लेखाले उपसमितिले अनियमिततामा संलग्न भनेका गृह सचिव प्रेमकुमार राईको नाम पनि हटाएर प्रतिवेदन पारित गरेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex