४ जेठ २०८१, शुक्रबार
Header

वसन्तपुरमा नेपाल संवत् ११४३ यसरी मनाईयो ! (तस्वीरहरु)


प्रकाशित: बुधवार, ९ कातिक २०७९, १८ः५४ बजे
- महानगरखवर

काठमाडौं । नेवाः समुदायको नयाँ बर्ष नेपाल संवत् आजबाट सुरु भएको छ । 


चन्द्रमास अनुसार आज (बुधवार) बिहान सूर्योदयसँगै प्रचलनमा रहेको मौलिक नेपाल को शुभारम्भ भएको हो ।


नेपाल संवत ११४३ देशभर विविध कार्यक्रम आयोजना गरी ‘नेपालको पहिचान, नेपालको गौरव, राज्यले प्रयोग गरोस् नेपाल संवत’ नारासहित मनाइँदैछ । 


काठमाडौको वसन्तपुरमा नेवाः समुदायहरु विभिन्न स्थानबाट एकत्रित भई बाजागाजासहित आफ्नो मौलिक भेषभूषा लगाई मनाएका छन ।  


नयाँ वर्ष सुरू भएको खुसीयालीमा राजधानी काठमाडौंमा विभिन्न स्थानमा शुभकामर्ना याली निकालिएको छ ।


राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूआत गराएका थिए । 


यस अवसरमा देशका विभिन्न भागमा भिन्तुना ¥यालीहरु जाने गर्दछ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD