१४ बैशाख २०८१, शुक्रबार
Header

वरिष्ठ सिने पत्रकार बिजयरत्न सम्मानित


प्रकाशित: आईतवार, २ असोज २०७९, ११ः०० बजे
- महानगरखबर

एभर ग्रीन वल्र्ड वाईड इन्टरटेन्मेन्ट  दशौ बर्ष प्रवेश को ग अवसरमा   राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम समारोहको आयोजना गरिएको छ ।  


आयोजक संस्थाका अध्यक्ष प्रसिद्ध हास्य कलाकार गोपाल ढकाल छन्दे को सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी  प्राज्ञ तथा अति विशिष्ट चलचित्रकर्मि  नीर शाह रहनु भएको थियो ।

 
प्रमुख अतिथी शाहले नेपालको मौलिक संस्कृतिको जगेर्ना नेपालीहरुले नै गर्ने हो भन्दै यस प्रकारको सम्मान कार्यक्रमले सम्मानित व्यक्तित्वहरुलाई अझ उर्जाशिल बनाउँछ भन्नु भयो ।


समारोहमा विशिस्ट अतिथि चलचित्र बिकाश बोर्ड का अध्यक्ष  भुवन के सि ,बिकाश बोर्डका पुर्व अध्यक्ष शदयाराम दाहाल ,विशिस्ट नृत्य निर्देशक राजु शाह , निर्माता संघ का अध्यक्ष नवल खड्का , थ, सेन्सर बोर्ड सदस्य राजेश महर्जन ,नायक धिरेन शाक्य , विशिष्ट चलचित्रकर्मि एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौला लगायतको  विशेष उपस्थिति रहेको थियो ।


सो समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर,चलचित्र संघ का उपाध्यक्ष  गोपाल काजी कायस्थ, सेन्सर बोर्डका सदस्य निर्माता राजेश महर्जन, द्वण्द निर्दशक नानीकाजी डंगोल नागे , अभिनेत्री ममता प्रधान, मेकप आर्टिस्ट उमिशा पाण्डे, चलचित्र निर्देशक एवं सन्चारकर्मि माधवराज खरेल, अभिनेत्री तेजुला खतिवडा , सन्चारकर्मि राज लुइटेल राजेन्द्र , नायक गजित बिष्ट,नायक सबिन श्रेष्ठ, नायिका अनु शाह , नायक श्रीदेब भट्टराइ, समाज सेवी श्रीदेब बिएल व्यवसायी ओम जैशी , चलचित्र निर्माता एवं नायक रोहित रुम्बा  ,अन्य सम्मानित कलाकारहरुमा सुनिल कटुवाल, रामेश्वर बुर्लाकोटि , जीवन थापा, उद्दव राज भट्टराइ,शितल के सि लगायतका  विभिन्न क्षेत्रका  व्यक्तित्वहरुलाई राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ प्रदान गरिएको थियो ।



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD