२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

वरिष्ठ सिनेपत्रकार विजयरत्न असंबरेको स्वास्थ्य उपचारका लागि ग्वाहालि पुचः गठन 


प्रकाशित: सोमवार, २४ कात्तिक २०८२, १३ः१५ बजे
- महानगरखबर

काठमाडौं । वरिष्ठ सिनेपत्रकार, भाषासेवी र संकिपा निर्देशक विजयरत्न असंबरेको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग अभियान सुरु गरिएको छ । 


हाल असंबरेको मृगौला (कड्नी) समस्याका कारण उपचार भइरहेको छ ।


शुक्रबार नेवाः बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकारको एक भेलाले विजयरत्न असंवरे ग्वाहालि पुचः गठन गरेपछि आर्थिक अभियान सुरु भएको हो ।

 
क्षेत्रपाटि पार्टी प्यालेसमा आयोजित सहयोग संकलन कार्यक्रममा विभिन्न व्यक्तिहरू र संस्थाहरूले असंबरेको उपचारका लागि सहयोग हस्तान्तरण गरेका छन । 


कार्यक्रममा नेपालभाषा एकेडेमीका कुलपति तथा नेवाः न्ह्यलुवाः मल्ल के सुन्दरले असंबरेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेपालभाषा र सांस्कृतिक क्षेत्रमा असंबरेको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । 


उहाँले असंबरेको मृगौला प्रत्यारोपणका लागि आवश्यक सहयोग जुटाउन सबैलाई आह्वान गर्नुभयो । 


यसैगरी, नेवाः देय दबूका अध्यक्ष पवित्र बज्राचार्य, डा. विजय सैंजु, सुजीव बज्राचार्य, तथा संगीतकर्मी सुरजवीर बज्राचार्यलगायतले पनि असंबरेको स्वास्थ्य अवस्थाबारे जानकारी दिंदै निरन्तर सहयोग जुटाउने प्रतिबद्धता जनाएका छन ।

 
कार्यक्रममा ललितपुर महानगरपालिका–२२ का वडाध्यक्ष चिनिकाजी महर्जन र १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले पनि असंबरेको स्वास्थ्य लाभका लागि शुभकामना व्यक्त गर्दै सहयोगका हात फैलाउन आग्रह गर्नुभयो । 



सहयोग गर्ने प्रमुख संस्था र व्यक्तिहरू यसप्रकार छनः


१) नेवाः पत्रकार राष्ट्रिय दबू – रु. ५०,०००/–


२) डा. विजय सैंजु – रु ५०,०००/–


३) नेवाः अनलाइनन्यूज – रु. १५,०००


४) नेपालभाषा टाइम्स – रु. १०,०००


५) मीरा वैद्य (पूर्ण वैद्य परिवार) – रु. १०,०००


६) नेपालभाषा मिसा खलः – रु. १२,०००


७) शरण प्रधान – रु. १०,०००


८) पुरु श्रेष्ठ – रु. ५,१००


९) शाक्य महाविहार संघ – रु २५,००० 


१०) चिनिकाजी महर्जन २२ वडाध्यक्ष – रु. ६,०००


११) योगेश खड्गी, २७ वडाध्यक्ष – रु. ५,०००


१२) मनराजा लवत–हिसिला महर्जन – रु. १०,०००


१३) अमृतरत्न शाक्य – रु. २,०००


१४) प्रतिभा बज्राचार्य – रु २,०००


१५) जुजुकाजी रंजित – रु.५,०००


१६) बालकृष्ण खड्गी – रु.१०,०००


१७) पूर्णलक्ष्मी प्रजापति – रु ५,०००


१८) शान्ता प्रजापति – रु २,०००


१९) नवीना प्रजापति – रु २,०००


२०) ओलम्पस क्लब – रु ५,००० 


२१) नेकपा एमाले २५ वडा कमिटी – रु. ५,००० 


२२) पुष्प चित्रकार – रु १०,००० 


२३) मंगलरत्न ताम्राकार – रु. १,०००


२४) गणेश सायमी – रु १,०००


२५) सृजन श्रेष्ठ – रु. ३,०००


२६) मनराजा नकःमि – रु. ३,०००


२७) सरोज बज्राचार्य – रु. १,०००


नेवाः समुदायका विभिन्न संघ–संस्थाले विजयरत्न असंबरेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा थप सहयोग संकलन अभियान निरन्तर जारी राख्ने जनाएका छन्।

asteriskhubs
Home Page Bottom Second


maharjan complex