३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वरिष्ठ पत्रकार राजेन्द्र स्थापित सम्मानित


प्रकाशित: शनिावार, २४ माघ २०७७, २०ः०० बजे
- अजय खड्गी

काठमाडौं । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कलम चलाई रहेका वरिष्ठ पत्रकार राजेन्द्र स्थापित सम्मानित भएका छन । 


नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार स्थापितलाई सम्मान गरेको हो । 


कमलादी प्रज्ञा–भवनमा आयोजित कार्यक्रममा ‘अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ बाट स्थापितलाई सम्मानित गरिएको थियो । उनलाई नगद २० हजार र सम्मान पत्रसहित पुरस्कृति गरिएको हो । 


स्थापित जनआस्था साप्ताहिकमा अन्तर्राष्ट्रिय चर्चामा कलम चलाउछन । हाल उनी काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको जनसम्पर्क तथा सञ्चार प्रमुख रहेका छन ।


त्यसैगरी सम्मानित हुनेहरुमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ अग्निशाखा स्मृति पत्रकारिता पुरस्कार, बलराम थापा शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार, पत्रकार निर्मला शर्मा शोभा शाह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन ।

 
काठमाडौ शाखाले १४ जनालाई अग्रज पत्रकारहरुको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । शाखाको ११ औं अधिवेशन तथा २२ औं साधारणसभाको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरिएको शाखा अध्यक्ष शान्ताराम विडारीले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex