काठमाडौं । वरिष्ठ पत्रकार एवम् कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको बुधवार बिहान निधन भएको छ ।
तीन दशक भन्दा लामो पत्रकारितामा विताएका श्रेष्ठको उपचारको क्रममा थापाथलीस्ति नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारको मृत्यु भएको जारी प्रेष विज्ञप्तीमा उल्लेख छ ।
६० बर्षिय श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो ।
मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनमा समस्या देखिएपछि चिकित्सकहरुले जिविस भाईरसको सक्रमण भएको आशंका गरेपछि गरेपछि भारतको हरियाणास्थित मेदान्त अस्पताल ‘रिफर’ गरेको थियो तर उपचार सफल हुन सकेन ।
पछिल्लो समय नर्भिक अस्पतालमा नै राखेर औषधि उपचारका साथ फिजियो थेरापीलगायतका उपचार गरिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि पुनः नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा विहान ११ः५९ बजे नर्भिकमै मृत्यु भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
चर्चित पुस्तक कलमका लेखक श्रेष्ठको जन्म सन १९५९ अगष्टमा भएको थियो । नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष समेत रहेका उनी न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत आवद्ध रहेका थिए ।
श्रेष्ठ प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रेस काउन्सिल अवार्डलगायत विभिन्न समाजिक पुरस्कारबाट सम्मानित थिए ।
दिउसो २ बजे उनको पार्थिव शरिरलाई श्रेष्ठलाई भूगोलपार्कमा श्रद्धाञ्जलिका राखिएको थियो । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताए ।
Categorized in समाज