काठमाडौं । वरिष्ठ गायक ताथ संगीतकार योगेश वैद्यको विहिवार राती निधन भएको छ ।
७७ वर्षको उमेरमा उनको राती १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो ।
उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बताएको छ ।
उनका नेपाली गीतहरु ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि लोकप्रिय छन ।
उनका नेपाल भाषाका ‘जय नमो सिरि बुद्ध भगवान‘’, ‘जिमि यःम्ह थौं जिथाय् वइ‘।’ ऋादि गीतहरु प्नि मनपराइएका गीतहरु हुन ।
वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए ।
Categorized in समाज