१३ बैशाख २०८१, बिहिबार
Header

वडा अध्यक्ष श्रेष्ठको निधनप्रति प्रमुख शाक्यद्धारा शोक व्यक्त


प्रकाशित: शुक्रवार, १८ भाद्र २०७८, १९ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन । 


शाक्यले शुक्रवार शोक सन्देश जारी गरी आफूले अभिभावक गुमाएको अनुभूति भएको बताएका छन ।  शाक्यले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको शोक सन्देशमा उल्लेख गरेका छन । 


शाक्यले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र महानगरवासीको तर्फबाट समवेदना प्रकट गरे । 


विहिवार साँझ ५ बजेर २६ मिनेटमा उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका श्रेष्ठको शव राती अस्पतालमै राखिएको थियो । 


विहान करीव साढे ९ बजेतिर अन्तिम श्रद्धाञ्जली शवलाई वडा प्राङ्गण दमाइ टोल लगियो । त्यहाँ पुगेर प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु, कर्मचारीसँगै स्थानीयबासीले पार्थिक सरीरमा पुष्पगुच्छा अर्पण गरेका थिए । 


आजै श्रेष्ठको पशुपतिमा अन्तिम संस्कार गरिएको थियो । मृतक श्रेष्ठका ३ छोरी, १ छोरा र श्रीमती छिन । 


वि.स.२०१३ साल पुस १४ गते जन्मेका श्रेष्ठ विगत डेढ महिनादेखि खाना नलीको क्यान्सरको उपचार गरिरहेका थिए । भदौ १६ गते बेलुका करीव साढे १० बजे उल्टी भएर असजिलो हुन थालेपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पताल लगिएको थियो ।

 
१७ गते मध्यान्न दिउँसो २ बजे शौचालय गएर गएर फर्किएपछि छातीमा असजिलो भएपछि अस्पताल भर्ना गरिएको थियो । 


श्रेष्ठले ०४३ सालमा पहिलो पटक वडा सदस्यका रुपमा काम काम गर्नुभयो । त्यसपछि ०४९ र ०५४ सालको स्थानीय निर्वाचनमा यसै वडाको वडाध्यक्षका रुपमा निर्वाचित भएका थिए । 


साविक स्थानीइ निकाय जनप्रतिनिधिविहिन भएका बेला ०६० सालमा उहाँ मनोनित वडाध्यक्ष रहेका उनी ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधित्व गर्दै फेरि वडाध्यक्षमा निर्वाचित भएका थिए । 


उनको निधनमा शोक मनाउँदै काठमाडौँ महानगरपालिकाले आज एक दिन आफू मातहतका सबै कार्यालय विदा गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD