२० बैशाख २०८१, बिहिबार
Header

वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनको नेपाल भाषाको ‘छंगु नुगलय’ गीतको म्युजिक भिडियो सार्वजनिक


प्रकाशित: बुुधवार, १ कातिक २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको अभिनय रहेको २ वटा नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 


बुधवार बागबजारस्थित सिटी म्याक्स हलमा एक कार्यक्रमविच महानगरकी उपप्रमुख सुुनिता डंगोलले वडा अध्यक्ष महर्जनको अभिनय रहेको नेपाल भाषाको ‘छंगु नुगलय्’ र यो मनमा त्यो मन’ नेपाली बोलको भिडियो सार्वजनिक गरिन । 


गीतका रचनाकार वडा अध्यक्ष महर्जन स्वयं रहेका छन भने सो गीतमा रति महर्जनले साथ दिएकी छिन । 


सो अवसरमा उपप्रमुख डंगोलले वडा अध्यक्ष महर्जनको गीत र अभियन हेरेपछि वडा अध्यक्ष जति गम्भीर देखिन्छ, त्यतिकै रोमान्टिक पनि भएको प्रतिक्रिया दिईन ।

 
त्यसैगरी कार्यक्रमका विशेष अथिति रहेका महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले गीत संगीत सामाजिक रुपान्तरणको सशक्त माध्यम रहेको बताए । 

 


अध्यक्ष महर्जनले राजनीतिबाट फुर्सद निकालेर साहित्य लेखनका लागि समय मिलाउने गरेको बताउदै साहित्यको गहिराइ आफुुलाई मिठो लाग्ने गरेको सुनाए । 


नेपाल भाषाको गीतमा सरस्वती मानन्धर र राजेन्द्र शाक्यको स्वर रहेको छ भने निर्देशन पवन जोशीले गरेका छन । 


नेपाली गीतमा राजेन्द्र शाक्यको स्वर छ । यस गीतमा महर्जनसँग रति र सुरज नापितसँग आराध्यलक्ष्मी खड्गीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ । दुवै गीतका शव्दमा दिप तुलाधरले संगीत दिएका छन । 


सोहन मानन्धर र अमर चित्रकारले भिडियोको छायांकन गरेका छन । मानन्धरले भिडियोको सम्पादन समेत गरेका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD