काठमाडौं । काठमाडौंमा जथातथै फोहरको डुंगुर देखिन थालेपछि वडा अध्यक्षहरु नै फोहर व्यवस्थापन गर्न लागेका छन ।
ल्यान्डफिल्ड साइटको अवरोधका कारण लामो समयदेखि सडकमै फोहोर थुप्रिएपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन ।
वडा अध्यक्ष रिजाले वडाभित्र रहेको खाली ठाउँमा फोहर व्यवस्थापन गरिने बताएका छन । महानगरले फोहर उठाएर व्यवस्थापन गर्नुपर्नेमा सो हनु नसकेपछि आफै फोहर उठाउन निस्कने वडा अध्यक्ष रिजालको भनाई छ ।
वडा १६ ले फोहर उठाउन पहल गरेलगत्तै वडा नम्बर १७ ले पनि सडकमा रहेको फोहर व्यवस्थापन सुरु गरेको छ ।
वडा सदस्य कविता दासका अनुसरा लामो समय वडामा फोहोर नउठेपछि वडाकै सक्रियतामा फोहोर व्यवस्थापन सुरू गरिएको हो ।
फोहर थुप्रिएर सडकमा हिड्न सक्ने अवस्था नभएपछि वडाले नै काम अघि बढाएको वडा अध्यक्ष नविन मानन्धरले बताए ।
उनले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने स्थान सिसडोल र बन्चरे डाँडामा केही समस्या देखिएको र लामो समय वडाका विभिन्न स्थानमा फोहोर थुप्रिएकाले वडाकै सक्रियतामा व्यवस्थापनमा जुटेको बताए ।
Categorized in स्थानिय