काठमाडौं । उपत्यकामै पहिलो पल्ट नमुना बधस्थलको रुपमा बुढानिलकण्ड नगरपालिका वडा नं. १३ स्थित चुनिखेल वधस्थलको बिहिबार वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले रिविन काटेर उद्घाटन गरेका छन् ।
सुधारिएको आधुनिक बथस्थलको रुपमा संचालन ल्याउन लागिएको चुनिखेल उद्घाट्न समारोहका प्रमुख अथिति रहेका वडा अध्यक्ष श्रेष्ठले सफा, स्वच्छ र व्यवस्थित मासु विक्री वितरण यस वथस्थलको प्रमुख उदेश्य हुनुपर्नेमा जोड दिएका थिए ।
उनले वधस्थलको सफाईमा विशेष ध्यान दिन सके यसले व्यवसायिक सफलतासँगै सरकारलाई पनि गतिलो जवाफ दिन सक्ने बताए । वधस्थलको लागि चाहिने आवश्यक सहयोग उपलव्ध गराउने प्रविवद्धता समेत जाहेर गरे ।

यसैगरी कार्यक्रममा अथितिको रुपमा आएका नेपाली कांग्रेसका इकाई सभापति महेन्द्र श्रेष्ठले विगतदेखि सरकारले वथशालाको निर्माणको विषयमा विगतमा कार्यविधिहरु ल्याएपनि आजसम्म सफल हुन सकेन तर व्यवसायीहरुले आफै जुटेर यसरी आधुनिक बधस्थल संचालन गरेर नमुना कार्य गरेकोमा धन्यवाद दिएका थिए ।
वधस्थल संचालन समितिका उपसंयोजक तथा नेपाल खड्गी सेवा समितिका केन्द्रिय उपाध्यक्ष रामकृष्ण खड्गीले वधस्थलको लागत, समय र उदेश्यबारे प्रष्टाएका थिए । उनले यस बधस्थल १ करोड २ लाखमा निर्माण गरेको बताएका थिए । बधस्थलबाट उत्पादन हुने मासु पुर्ण स्वस्थकर हुने दावी गरेका छन् । साथै उनले बधस्थलमा सहभागी हुन मासु व्यवसायीहरुलाई आव्हान समेत गरेका छन् ।
त्यसैगरी नेपाल खड्गी सेवा समितिका अध्यक्ष न्हच्छेराम शाहीले पनि वधस्थल संचालनबाट व्यवसायीहरुले अब धेरै राहत पाउने भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल मण्डल पर्यटन नगरीका महासचिव तथा पत्रकार पदम श्रेष्ठले बधशालासँग जोडिएको विगतका विभन्न तथ्यहरुबारे प्रकाश पारेका थिए । उनले सरकारले वधशाला निर्माणका योजनाहरु बनाए पनि सो योजनाहरु भने कहिल्यै कार्यन्वयनम आउन नसक्नु दखद् रहेको भनाई राखे ।
लर्डबुद्ध बायो ग्यास प्लान्टका सुपरफाईजर रामशरण बजगाईले वधस्थलबाट निस्कने फोहरजन्य पदार्थबाट उत्पादन हुने ग्यास र कम्पोष्ट बलको उपयोगीतबारे चर्चा गरेका थिए ।
त्यसैगरी सो उद्घाटन कार्यक्रममा वधस्थल संचालन समितिका सदस्य विशेष खड्गीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमको अन्त्यमा वधस्थल संचालन समितिका संयोजक तथा नेपाल खड्गी सेवा समितिका पूर्व अध्यक्ष देवनाराण खड्गीले मासु व्यवसायीहरुलाई राज्य दिने दुःखबारे आफ्ना अनुभवहरु सुनाएका थिए । उनले अब संचालन आउने वधस्थलले नमुनाको रुपमै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमा सहभागी सबैलाई धन्यावाद ज्ञापन गरेका थिए ।
Categorized in बजार