काठमाडौं । काठमाडौं महानगरपालिका वडा २८ का नेकपा एमाले वडा अध्यक्ष पदका उम्मेदार विपेन्द्र खड्गीले आफू वडावासीको सेवामा सधै सक्रिय रहेका बताएका छन ।
काठमाडौं महानगरमा अहिले फोहर व्यवस्थापनको ठुलो समस्या रहेकोले सोलाई ध्यानमा राखेर सोमवार बाट वडाको चोक, गल्लीमा रहेको फोहर उठाएर सफाई अभियानमा लागेको महानगरखबरलाई बताए ।
आज सहिदशुक्र माध्यमिक विद्यालय क्षेत्रमा सरसफाई गरेको अध्यक्ष उम्मेदार खड्गीले जानकारी दिए । सो अभियानमा वडा सदस्यका उम्मेदवारहरु लोकेन्द्र खड्गी, मदन तण्डुकार, गणेश कुमारी मानन्धर तण्डुकार, उर्मिला नेपाली लगायतकाहरुको उपस्थिती रहेको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बागबजारका अध्यक्ष समेत रहेका खड्गीले सफाई अभियान निरन्तर र नियमित हुने साथै यस वडाको विकासको लागि आफूले विभिन्न योजनाहरु प्रस्तुत गर्दै जाने समेत बताए ।
उनले विगत लामो समयदेखि वडावासीको सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा क्रियाशिल रहेको भनाई राखे ।
Categorized in स्थानिय