काठमाडौँ । विद्यालय स्तरीय वडाध्यक्ष कप पहिलो बास्केटबल प्रतियोगिता बिजेता गोल्डेन पिक माध्यमिक विद्यालयले एक लाख नगद पुरस्कार जितेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ६ ले आयोजना उक्त प्रतियोगितमा विजेता टिमका सोनाम शेर्पाले बेस्ट स्कोरर उपाधि प्राप्त गरे ।
फागुन ९ गते सम्पन्न फाइनल खेलमा मंगलदीप माध्यमिक विद्यालयलाई पराजित गर्दै गोल्डेन पिक विजेता बनेको हो । मंगलदीपले ३६ स्कोर गरेको थियो ।
प्रतियोगिताका विजेतालाई वडाध्यक्ष भुवन लामाले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
१२ वटा टिम सहभागी खेल धुन्कमाण्डु, सिमलटारमा भएको थियो । खेल नकआउट प्रणालीबाट खेलाइएको थियो ।
23 Ferbury 2025, Monday
Categorized in वडा