६ जेठ २०८१, आइतबार
Header

लोक सेवा आयोगले माग्यो दुई सय बढी कर्मचारी


प्रकाशित: शुक्रवार, १ मंसिर २०८०, १३ः५० बजे
- महानगरखबर

काठमाडौं ।लोक सेवा आयोगले २ सय ५७ कर्मचारी माग गरेको छ ।


शुक्रवार एक सुचना प्रकाशित गरी प्राविधिक र स्वास्थ्यतर्फ उक्त संख्यामा कर्मचारी माग गरेको हो । 


आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो । 


आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो । 


सो पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ ।


आयोगले दरखास्त शुल्क १ हजार २ सय र एकै समूह÷उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर तोकेको छ । 


आवेदनको लागि आयोगको वेभसाईटमा गएर अनलाइन पनि भर्न सकिने आयोगले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD