१२ भाद्र २०८३, शुक्रबार
Header

लोकसेवा विज्ञापन विरुद्ध आदीवासी जनजातिको मण्डलामा प्रदर्शन


प्रकाशित: शुक्रवार, २४ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । आदीवासी जनजातिहरुले शुक्रवार लोकसेवा आयोगले प्रकाशित विज्ञापनको विषयको विरुद्ध माईतीघर मण्डलमा प्रदर्शन गर्ने भएको छ ।


लोकसेवा विज्ञपानले आदीवासी जनजातिको आरक्षण कोटा कम गरेको, संविधान विपपरित विज्ञपान, स्थाीयन तहको अधिकार मिचेको भन्दै प्रदर्शन गरिने भएको नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौका अध्यक्ष नमस्ते सायमीले जानकारी दिए । 


आयोगले यस अघि ९ हजार १६१ सिटको लागि विज्ञापन गरेपछि यसको चौतर्फी विरोध हुँदै आएको छ । यस विज्ञापनले आदीवासी जनजातिको मर्म र भावना विपरित भएको भन्दै विरोध हुन थालेको छ । 


विश्लेषक तुलनारायण शाहले पनि यसको कडा रुपमा विरोध गर्दै लोकसेवा बाहुन सेवा नहोस भनेर टिप्पणी गरेका छन । 


त्यसैगरी सत्तारुढ नेकपा सांसद जनार्दन शमाले लोकसेवा विज्ञापनले संवैधानिक अराजकता फैलाएको बताएका छन । 


उनले यस विज्ञापनलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन । 


मण्डलामा हुने आजको प्रदर्शनलाई आखिल नेपाल जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको सायमीले बताए । 


कार्यक्रमको नेतृत्व महासंघ, आदीवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, पहिचानमा आधारित संघीय गठबन्धनले गर्ने भएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex