१४ बैशाख २०८१, शुक्रबार
Header

लोकसेवा विज्ञापन रद्दको माग गर्दै काठमाडौंमा मसाल जुलुस


प्रकाशित: आईतबार, २९ असार २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । लोकसेवा विज्ञापनको रद्द माग गर्दै आईतबार काठमाडौंमा मसाल जुलुस निकालिएको छ । 


काठमाडौंको विभिन्न स्थानबाट निकालिएको मशाल जुलुसमा प्रहरी हस्तेक्षप समेत भएको छ । मसाल जुसलसमा सहभागी केहीलाई पक्राउ समेत गरेको छ । 


नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आरक्षण बचाऔ भन्द काठमाडौ उपत्यकामा मसाज जुलुस निकालेको हो । 


मसाल जुलुस उपत्यकामा मात्र नभएर धरान, सुर्खेत लगायत देशभरीनै निकालिएको महासंघले जनाएको छ ।


लोकसेवा आयोगले संविधान र समानुपातिक समावेशी सिद्धान्त विपरीत स्थानीय तहमा कर्मचारी भर्नाका लागि विज्ञापन निकालेपछि आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिला र अपाङ्गता भएका नागरिकहरुले सडक आन्दोलन थालेका हुन ।


महासंघले सो विरुद्ध साउन २ र १० गते नेपाल बन्दको आव्हान समेत गरेका छन भने काठमाडौंमा असार ३१ गने बृहत जनप्रदर्शन गरिनेछ ।


मसाज लुलुस साँझ साढे ५ बजे निकालिने थिए । काठमाडौंको बसन्तपुरबाट निकालिएको थियो भने ललितपुर, भक्तपुरमा पनि मसाल जुलुस प्रदर्शन भएको थियो । 


लोकसेवा आयोगले गत जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि एकैचोटि ९ हजार भन्दाबढी कर्मचारीको विज्ञापन निकालेको थियो ।


सो लगत्तै उत्पीडित समुदायका संस्थाहरुले आन्दोलन थालेका हुन । 


‘असंवैधानिक विज्ञापन’ भन्दै उक्त विज्ञापन रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिए पनि सर्वोच्चले विज्ञापन रोक्न नहुने निर्णय गरेको थियो ।

 

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD