काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकसेवामाथि प्रश्न उठाउँदै ‘भनसुन उद्योग’ सुरु भएको बताएका छन ।
सभापति देउवाले शनिवार राजधानी आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा लोकसेवा परिक्षा पास गरेर मात्र नहुने बताएका छन ।
देउवाले भने, लोक सेवा परिक्षा पास भएर मात्र के गर्ने ? भनसुन गर्ने मान्छे भएन फेल गर्दिन्छन ।’ नेपालमा सबै भन्दा ठूलो उद्योगको रूपमा भनसुन उद्योग फस्टाउँदै गएको देउवाको भनाई छ ।
कार्यक्रमा युवा नेता घिमिरेको बारेमा पनि बहष भएको थियो । सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा नेताहरुले चर्चा गरेका थिए ।
महामन्त्री शशांक कोइरालाले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएका थिए ।
कोईरालको सो कथनपछि सभापति देउवाले अबदेखि अन्याय हुन नदिने प्रतिवद्धता समेत गरेका थिए ।
सो कार्यक्रममा निर्मला पन्तका हत्यारालाई एक बर्षसम्म पनि नखोजिनु सरकारको हदैसम्मको गैरजिम्मेवारी भएको नेताहरुले बताएका थिए ।
Categorized in राष्ट्रिय