काठमाडौं । बुधवार माध्यराती लोकन्थलीमा सवारीको ठक्करबाट एकको मृत्युको भएको छ ।
महानगरीय प्रहर परिसर भक्तपुरका अनुसार मध्यराति ठिमी नगरपालिका–१ स्थिति लोकन्थली मनहरा सडकखण्डमा अधवैंशे पुरुष घाइते अवस्थामा भेटिएका थिए ।
ठक्करबाट घाइते भएका ती पुरुषलाई मध्यपुर ठिमी अस्पताल पुर्याइएकोमा चिकित्सकले मध्यराति नै मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनको टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक थियो । उनको परिचय भने अहिले सम्म खुलेको छैन ।
कालो धर्के सर्ट, कालो ट्राउजर र खैरो जुत्ता लगाएका करिब ५० वर्षका ती व्यक्तिको शव पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।
Categorized in समाज