३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

लोकन्थलीमा फेरि गयो पहिरो, ६ घर जोखिममा 


प्रकाशित: आईतबार, १५ भाद्र २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । लागातरको बर्षाको कारण भक्तपुरको लोकन्थलीमा आईतबार विहान फेरि पहिरो गएको छ । 


पहिरोको कारण सडक भासिएपछि ६ घर उच्च जोखिममा परेको छ । यस अघि गत ३ गते सो स्थानमा सुख्खा पहिरो गएको थियो । 


मध्यपुरथिमि– १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्यांकी निर्माण गर्ने क्रममा पहिरो जाँदा सडक पुरै बगाएको थियो ।


पहिरोले स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा पारेको हो ।


सो क्षेत्रका वडाध्यक्ष सुरज खड्का अनुुसार सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर पानी क्षमताको टयांकी बनाउँदा पहिरो गएको थियो । 


मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन शुरु गरे पनि अर्को ठाउँबाट पुनः पहिरो जान थालेको वडा अध्यक्षले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex