काठमाडौं । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र सामु केही नकारात्मक प्रबृत्तिको हावी भईरहेको बताएको छ ।
सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा एक लिखित मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रको प्रक्रियामा अवरोध गर्नेहरु विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन ।
पछिल्लो समय सरकारविरुद्ध नकारात्मक चर्चा÷परिचर्चा भईरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको यो व्यक्तव्य आएको हो ।
प्रधानमन्त्री ओलीले सो लिखित व्यक्तव्यमा विकास निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने गतिविधि भइरहेको भनेका छन ।
प्रधानमन्त्री ओलीले राजनीतिक रङमा रङ्गिएका भए पनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास स्वीकार्य नहुने बताए ।
सरकार अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को एक लक्ष्यका साथ अघि बढिरहेको भन्दै आगामी चैतमा गर्न लागेको लगानी सम्मेलनमार्फत विकास अभियानमा स्वदेशी तथा विदेशी लगानीकर्तासँग सहकार्यको अपेक्षा गरिएको प्रधानमन्त्रीले उल्लेख गरे ।
Categorized in राष्ट्रिय