८ बैशाख २०८१, शनिबार
Header

लोकतन्त्रमा ‘खतरा’ आए बघिनी शैली अपनाउनेः प्रधानमन्त्री


प्रकाशित: बुधवार, १ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा खतरा आए चुप लागेर नबस्ने बताएका छन । 


प्रम ओलीले सिंहदरवारस्थित बुधवार संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै बघिनीको आक्रमण शैलीको उदाहरण दिँदै लोकतन्त्रमा खतरा पैदा गर्नेहरुमाथि सरकार रक्षात्मक ढंगले प्रस्तुत हुने चेतावनी दिएका छन । 


उनले भने, ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन । डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’


लोकतन्त्रको रक्षाको लागि सरकारले ‘बाघिनी शैली’ अपनाउने प्रधानमन्त्री ओलीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD