२१ बैशाख २०८१, शुक्रबार
Header

लुुटेरा समूलाई नियन्त्रण लिन खोज्दा गोकर्णेश्वरमा गोली चल्यो


प्रकाशित: विहिवार, २५ असोज २०८०, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरमा लुटेरा समूहलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाएको छ । 


प्रहरीका अनुसार गोली लागी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन । उनको जोरपाटीस्थित नेपाल मेडिल कलेजमा उपचार भईरहको छ । 
विहिवार तीन वटा मोटरसाइकल चढेर आएका लुटेरा समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा भएको प्रतिकारमा गोली प्रहार भएको प्रहरीको भनाई छ । 


प्रहरीले सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामालाई नियन्त्रणमा लिएको छ । 


उनीहरूको साथबाट एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD