काठमाडौं । लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्य सचिवमा नियुत्त भएकी छिन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवीलाई प्रधानमन्त्री केपी शर्मा नेतृत्व सरकारले मुख्य सचिवमा नियुक्त गरेका हुन ।
गड्तौला निमित्त, कायममुकाय हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी हुन । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाएसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर आएको हो ।
यस अघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।
उनी भदौ १५ गते उनी ५८ वर्ष पुग्छिन्। उमेर हदका कारण सोही दिनदेखि उनी अवकाशमा जाँदैछिन ।
Categorized in राष्ट्रिय