६ बैशाख २०८१, बिहिबार
Header

लिवियाको अप्रावासी शिविर आक्रमणमा एक नेपालीको मृत्यु


प्रकाशित: विहिवार, १९ असार २०७६, ९ः०० बजे
- महानगरखवर

काठमाडौं । लिवियाको अप्रावसी शिविर आक्रमणमा नेपालका सन्तोष श्रेष्ठको मृत्यु भएको छ ।


श्रेष्ठको स्थायी ठेगना र लिविया कसरी पुगेको बारे कायरोममा रहेको नेपाली दुतावासले अनुन्धान अघि बढाएको जनाएको छ । 


दुतावासका अनुसार उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।


लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण हुँदा ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते भएका थिए ।


सो आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको दुतवासले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD