७ बैशाख २०८१, शुक्रबार
Header

लिबियामा शरणार्थी बोकेको पानी जाहज डुब्दा १५० जनाको मृत्युको आशंका 


प्रकाशित: शुक्रवार, १० साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । लिबियामा शरणार्थी बोकेको पानी जहाज डुब्दा १५० जनाको मृत्यु भएको आशंका गरिएको छ । 


अधिकारीहरुका अनुसार करिब ३ सय शरणार्थी सवार पानीजहाज लिबियाको तटीय क्षेत्रमा डुबेको हो । 


संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले पानीजहाजमा सवार १५० जनाको ज्यान गएको हुन सक्ने बताएको छ । 


जहाजमा रहेका १५० जनाको सकुशल उद्धार गरिएको अधिकारीहरुले बताएका छन । तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन । 


स्थानीय माछवाराहरुले मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको हो । 


यस अघि गत मेमा ट्युनिसयामा पनि पानीजहाज दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा ६५ मानिसले ज्यान गुमाएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD