काठमाडौं । नेपाली काग्रेसले दलालको फन्दा परि लिवियामा बन्धक रहेका १२ नेपालीको तत्काल उद्दार गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गरी बन्धक बनाएका नेपाली युवाहरुलाई सकुशल देश फर्काउन सरकारले अविलम्ब पहल चाल्न आग्रह गरेको छ ।
साथै दोषीहरुलाई पक्राउ गरी कारवाही अगाडी बढाउन समेत माग गरेको छ ।
ती १२ नेपालीलाई नेपाली तथा पाकिस्तानी दलालको कारण बन्धक बन्न बाध्य भएको हो ।
Categorized in राष्ट्रिय