१६ चैत्र २०८०, शुक्रबार
Header

लिपुलेक अतिक्रमणको बिरोधमा काठमाडौंमा प्रदर्शन, ३६ जना पक्राउ


प्रकाशित: शनिवार, २७ बैशाख २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतले नेपाल भूमि दार्चुलाको लिपुलेक अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएको विरोधमा काठमाडौं प्रदर्शन भएको छ ।


उनीहरुले माईतीघर मण्डलमा प्रर्दशन गर्दै ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो’ जस्ता नारा लगाएका थिए ।


प्रदर्शनमा उत्रिएकाहरु सत्तारुढ नेकपानिकट विद्यार्थीसहित प्रदर्शनमा उत्रेका ३६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले माइतीघरबाट नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिएका उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD