१२ बैशाख २०८१, बुधबार
Header

लालीगुराँस सहकारी उत्कृष्ट सहकारी भएको दावी


प्रकाशित: मंगलवार, १३ पुस २०७८, १३ः०० बजे
- महानगरखबर

ललितपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था देशभरीका सहकारी मध्ये उत्कृष्ट सहकारी भएको बताईएको छ ।


पुल्चोकस्थित कार्यलय रहेको सहकारी देशभर संचालित करिब ३४ हजार सहकारी मध्ये उत्कृष्ट सहकारी भएको संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारील बताएका छन ।


शनिवार संस्थाको २२ औ वार्षिक साधारण सभाको अवसरमा भण्डारी सो कुरा बताएका हुन । उनले सो अवसरमा कोरोना भाइरस (कोभिड–१९) को विद्यमान अवस्थाको कारण सहकारी क्षेत्रमा परेको प्रभाव र सोको कारण सहकारी संस्थामा पर्न सक्ने समस्याहरुको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । 


सहकारी क्षेत्रको पूँजीलाई उर्जा, पर्यटन, पशुपालन, उद्योग, कृषि लगायत मझौला तथा ठूला परियोजनामा लगानी गर्ने वातावरण सृजना गरी सहकारी मार्फत राष्ट्रिय अर्थतन्त्रको विकास गर्न  वर्तमान सहकारी ऐन तथा नियमावलीलाई संशोधन गर्न अपरिहार्य रहेको भण्डारीको भनाई थियो । 


संस्था स्थापना भएको २१ वर्षको यस अवधीमा सहकारीको शेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ भने संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म “श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर” संचालन गरेको पनि उनले जानकारी दिए । 


त्यसैगरी संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानी अन्तर्गत स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्रतर्फ नयाँ बानेश्वर शंखमुलमा श्री लालीगुराँस उच्च मा.वि.÷कलेज, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर र ललितपुर गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोक, लार्चामा भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको संस्थाले जनाएको छ । 
साधारण सभामा संस्थाका सर्वाेत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कार सहित सम्मान गरिएको छ । 


साथै १५ वर्ष स्थायी सेवा अवधि पुरा गर्ने दिपेश अधिकारी  लाई  सम्मान गरियो । त्यस्तैगरी  ५ वर्ष स्थायी सेवा पुरा गर्ने शशिकला भण्डारी, रविन्द्र महर्जन , किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारी गरी ७ जना  कर्मचारीहरुलाई सम्मान गरिएको छ । साधारण सभाले शेयर सदस्यहरुलाई १२ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


संस्थाले गतवर्षदेखि ललितपुर गोदावरीमा “श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग” समेत संचालन भएको जानकारी दिए । 


संस्थाले निकट भविष्यमा काठमाडौको नयाँ बजार, महाराजगंज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौंडामा सदस्य सुविधा काउण्टर संचालन गर्ने तयारी गरेको छ । 


पछिल्लो तथ्याङ्क अनुसार सहकारी संघ संस्थाहरुको शेयर पूँजी १ खर्ब ५० करोड भन्दा बढी रहेको, बचत परिचालन ८ खर्ब र सोही बराबरको ऋण प्रवाह भएको छ । उहाँले देशभर संचालित सहकारी संघ संस्थाहरुले प्रत्यक्ष रुपमा ३ लाख भन्दा बढी व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको बताए । 


संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले पानसमा बत्ति बालेर साधारणसभा उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले साधारण सभामा संस्थाको आ.व. ०७७÷०७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराएका थिए । 


 
    

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD