काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको झोँछे स्थित लायकुसाः (कुमारी सा)को उद्घाटन गरेका छन ।
सोमवार कामपा २३ वडास्थित लायकुसाः अर्थात राजदरवासँग सम्बन्धित साल वा कोल वा तेल उत्पादन गरिने कार्यशला पुननिर्माणको प्रमुख शाक्यले उद्घाटन गरे ।

सो अवसरमा प्रमुख शाक्यले लायकुसाः बाट निकालिने तेललाई व्यवसायिक करण गर्न सकेको खण्डमा यसको ईतिहासलाई जिवन्त राखिने भनाई राखे ।
समय अनुसार व्यवासायिक प्रतिस्पर्धा हुन नसक्दा यो ईतिहास मात्र बन्न गाएको छ । पुर्वजहरुले यहि तेलको प्रयोग गर्ने गरेको ईतिहास छ । उनीहरुले शरिरमा मालिस गर्ने, टाउँको लागाउने, खाना तरकारीमा यसै तेलको प्रयोग गर्ने गरेको प्रमुख शाक्यले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले लायकुसाःको महत्वको वारे चर्चा गर्दै यसको संरक्षण र सम्बद्र्धनमा जोड दिनु पर्ने बताए ।
वडा २३ का अध्यक्ष मचाराज महर्जनले पुरासम्पदा संरक्षण र यसको उपयोग कसरी गर्न सकिन्छ यसबारे स्थानीयले भूमिका खेल्नुपर्ने बताए । उनले लायकुसाः पुननिर्माणको लागि महानगरपालिको पहल प्रशंसीय भएको चर्चा गरेका थिए ।

सो अवसरमा लयकुसाःका स्थानीय तथा कार्यक्रमका सभापति पूर्णप्रसाद मानन्धरले लायकुसाः(कुमारी साः)को महत्वबारे चर्चा गरेका थिए । उनले महानगरका प्रमुख शाक्य, उपप्रमुख खड्गी, वडा अध्यक्ष महर्जन, स्थानीय युवाहरु तथा यसको पुननिर्माणका सहयोग गर्ने सबैलाई धन्यावाद दिएका थिए ।
कार्यक्रममा पूर्व वडाअध्यक्ष पवित्र बज्रचार्य, बागमति प्रदेशका सभासद राजेश शाक्य, हनुमानढोका दरवार संरक्षण कार्यक्रम प्रमुख रोशन शाक्यलगायतको उपस्थिती रहेको थियो ।

लायकुसाः काठमाडौं महानगरपालिकाको हनुमानढोका दरवार संरक्षण कार्यक्रमको आर्थिक तथा प्रावविधक सहयोगमा पुननिर्माण गरिएको हो ।
तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in सम्पदा/संस्कृति