७ जेठ २०८१, सोमबार
Header

लामो दुरीका बसले नयाँ बसपार्कमा बाहेक यात्रु चढाउन र ओराल्न नपाउने


प्रकाशित: शुक्रवार, २९ बैशाख २०८०, २०ः१५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं बाहिरबाट आउने र जाने लामो दुरीका सवारी साधनहरु नयाँ बसपार्कबाट मात्र सञ्चालन हुने भएको छ । 


शुक्रवार काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको सरोकावालाको बैठकले सो निर्णय गरेको महानगरपालिकाले जनाएको छ । 


महानगरले ‘एक बसपार्क नीति कार्यान्वयन’ मा ल्याएको हो ।  यो निर्णपछि नयाँ बसपार्क बाहेक अन्यत्र ठाउँबाट यात्रुु चढाउन र ओराल्न पाइने छैन ।

 


काठमाडौँमा दैनिक करिब ७ सय संख्यामा सवारी साधन प्रवेश गर्छन । यही संख्यामा बाहिरिन्छन । 


नयाँ बसपार्कको ७५० वटा सवारी साधन व्यवस्थापनका गर्ने क्षमता छ । 


बस पार्कमा लगाइने शुल्क अध्ययन गर्न महानगरका ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ । 


बैठकले महानगरभित्रका अवैध टिकट काउन्टर हटाउने निर्णय गरेको छ । अहिले गौशाला, चावहिल, सुन्धारालगायत विभिन्न ठाउँमा लामो दूरीमा चल्ने सवारी साधनका टिकट काउन्टर छन ।  

 
बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौँ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अरनिको यातायात, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत साझेदार कार्यालय तथा संघ संस्थाका प्रतिनिधि सहभागी थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD