४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

लागूऔषध सहित ४ जना पक्राउ


प्रकाशित: मंगलवार, १४ फागुन २०७५,१५ः०० बजे
- महानगरखबर


 काठमाडौं बझाङ, सर्लाही र रुकुम(पूर्व)बाट अवैध लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 


 बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारको चौगाउँ टोलमा होटल संचालन गरी बस्ने सुर्मा गाउँपालिका-३ गैरीगाउँका ३३ वर्षीय जयबहादुर बिकलाई करिब २ सय ४५ ग्राम लागूऔषध चरेश सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषध चरेश विक्री भइरेहको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चरेश बिक्री गरिरहेको अवस्थामा उनलाई फेला पारी पक्राउ गरेको हो । 


सर्लाही,  बाग्मती नगरपालिका-११ स्थित सडकमा सिन्धुलीबाट सर्लाहीतर्फ जाँदै गरेको ज.३ त ७३८७ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा करिब ३१ केजी लागूऔषध गाँजा सहित चालक सिन्धुली मरिण गाउँपालिका-३ बस्ने २१ वर्षीय डम्मरबहादुर मोक्तान र  २९ वर्षीय मंगलसिंह मोक्तानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ट्याक्टर जाँच गर्ने क्रममा ट्रेलरमा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 


रुकुम(पूर्व), सिस्ने गाउँपालिका-५ रुमालबारामा  डेरा गरी बस्ने सोही गाउँपालिका-६ आग्रीगाँउ घर भएकी ५३ वर्षीया विद्या गुरुङलाई लागूऔषध चरेश करिब ८ सय ग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यायल रुकुमबाट खटिएको प्रहरीले उनको घरमा प्लाष्टिकको झोलामा उक्त लागूऔषध लुकाईछिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 


 यस सम्बन्धमा  स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex