५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

लागूऔषध सहित बल्खुबाट २ भारतीय नागरिक पक्राउ


प्रकाशित: आईतबार, १३ जेठ २०७५, १९ः२५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ भारतीय नागरिकलाई बल्खुबाट पक्राउ गरेको छ ।


भारत ईनरुवा आदापुर पूर्वी चम्पारण बिहार घर भएका २६ बर्षीय अनिल कुमारलाई लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाईजेपाम ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल सहित शनिबार काठमाडौं महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरेको छ ।

 
यसैगरी प्रहरीले सोही स्थानबाट भारत चैनपुर भवानीपुर आदापुर पूर्वी चम्पारण घर भएका ४४ बर्षीय बिनोद रामलाई समेत बुप्रेनोर्फिन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित पक्राउ गरेको  छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex