काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले विहिबार लागुऔषध प्रयोगकर्ता बार्षिक ११ प्रतिशतले बृद्धि भईरहेको जानकारी दिएका छन् ।
लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बैठका गृहमन्त्री थापाले हामीले आँट गरेको प्रयोगकर्ताको संख्या एक बर्षमा आधा घटाउन सक्ने बताएका छन् ।
गृहमन्त्री थापाले समयसीमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । उनले बर्तमान सरकारको आयु ५ बर्ष भएकोले यस अवधिभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्णरुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए । साथै चिकित्सकको सिफारिशविना औषधि बेच्ने स्वास्थ्यसंस्था र औषधि पसललाई इजाजतपत्र रद्द गर्नेसम्मको कानून व्यवस्था गर्नुपर्ने बताए ।
Categorized in समाज