८ भाद्र २०८३, सोमबार
Header

लाईसेन्स विना घरजग्गा कारोवार गरे २५ लाखसम्म जरिवाना हुने


प्रकाशित: बुधवार, २४ माघ २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । घरजग्गा कारोवार गर्न इजाजतपत्र (लाइसेन्स) अनिवार्य हुने व्यवस्था गरिएको मालपोत ऐन संशोधन सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।


मालपोत ऐन संशोधन गर्दै सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।


विधेयकले मालपोत ऐन संशोधन गर्दै कसैले इजाजतपत्र नलिई घरजग्गा सम्बन्धी करोबार गरे कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा २५ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।


तर प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीमा भने इजाजतपत्र दिनु नपर्ने गरी प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो ।


प्राकृतिक बाहेक सबै घरजग्गा सम्बन्धी कारोबारको स्वीकृति लिनुपर्ने गरी मालपोत ऐन संशोधन गरिएको छ । 


‘घरजग्गा सम्बन्धी कारोबार’ भन्नाले कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा त्यस विषयमा अन्य कुनै किसिमले व्यावसायिक रूपमा सेवा उपलब्ध गराउने कार्यलाई सम्झनुपर्ने व्याख्या गरेको थियो । 


संशोधित विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागु हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex