४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

लाईसेन्स ट्रायल पास गरिदिने भनी पैसा असुली गर्ने ३ पक्राउ


प्रकाशित: शुक्रबार, २९ भाद्र २०७५, १३ः१२ बजे
- महानगरखबर

काठमाडौं । चालक अनुमतिपत्र (लाईसेन्स) ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन । 


भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित एजिओ सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग ट्रायल पास गराई दिन्छु भन्दै रकम माग गरेको खबरको आधारमा महानगरिय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex