१४ बैशाख २०८१, शुक्रबार
Header

लाईसेन्सको अनलाईन आवेदन खुल्यो


प्रकाशित: मंगलवार, ९ कातिक २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन सोमबारबाट खुलेको छ । 


कोरोना संक्रमणबृद्धी भएपछि बैशाख १६ गतेबाट बन्द भएको ६ महिनापछि यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुल्ला गरेको हो ।


यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुषालका अनुसार दसैं अघि नै ट्रायल सञ्चालनमा आए पनि अनलाइन आवेदन भने खुलाइएको थिएन । 


आवेदन दिएर बसेका करिब ७ लाख ट्रायल परीक्षा कुरेर बसेका छन । देशभरिका २१ वटा कार्यालयहरुबाट दैनिक ५ हजार जनाले ट्रायल परीक्षा दिन पाउनेछन ।


यातायात कार्यालय एकान्तकुनाले मोटरसाइकल १३०, स्कुटर ६०, चारपांग्रे १३०, हेभी लगायत विभिन्न गरी ४ सय जनाले ट्रायल दिन पाउने व्यवस्थागरेको विभागले जनाएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD