१५ बैशाख २०८२, सोमबार
Header

लहना मिडियाबाट वरिष्ठ निर्देशक जोशी सम्मानित


प्रकाशित: सोमवार, १४ साउन २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषा चलचित्रका वरिष्ठ निर्देशक पवन जोशी शुक्रवार एक कार्यक्रमविच सम्मानति भएका छन । 


शुक्रबार लहना मिडियाद्धारा आयोजित सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो ।


सो अवसरमा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जोशीलाई दोसल्ला ओढाए भने बागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सम्मान पत्र प्रदान गरेका थिए । 
त्यसैगरी कार्यक्रममा लहना मिडियाका व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठले फुलमाला लगाइदिएका थिए ।


वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, काठमाडौं महानगरपालिका १८ वडाका अध्यक्ष न्हुछेँकाजी महर्जनले खादा ओढाइदिएर सम्मान प्रकट गरेका थिए । 

नेपाली र नेपालभाषा गरी सय वटा गीत रेकर्डिङ गरेको अवसरमा सम्मान गरिएको हो । जोशीले २०२७ सालमा नेपालभाषाको डबली नाटकबाट कला क्षेत्रमा प्रवेश गरेका थिए । 


उनले नेपाल भाषाको चलचित्र ‘सिलु’ मा अभिनय गरेका छन भने ‘बांलाः मयजु’ बाट उत्कृष्ट निर्देशकको रुपमा राष्ट्रिय अवार्ड समेत पाएका छन् । उनको निर्देशनमा करीब ११५ वटा म्यूजिक भिडियो निर्माण भइसकेको छ 
 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex