९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

ललित अन्तर्राष्ट्रिय व्यापार मेला आईतबार समापन हुँदै


काठमाडौं । चार दिनको उत्साहजनक कारोबार पछि ललित अन्तर्राष्टिय मेला आज आईतबार समापन हुने भएको छ ।


गत बुधबार ललितपुरको पुल्चोक, नटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा सो मेला शुरु भएको थियो  । 


मेलामा चीनमा उत्पादित दैनिक उपभोग्य, खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, नेपाली हस्तकलाको सामानको उल्लेख्य बिक्री वितरण भएको बताइएको छ । तन्ना, लुगा, ब्लाकेट लगायतको कारोबार उत्साहजनक रहेको  व्यवसायी बाबुराजा ज्यापूले बताए ।मेलामा अहिलेसम्म उल्लेख्य कारोबार भएको ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । 


मेलामा अपेक्षाकृत सफल रहेको अहिलेसम्मको ठम्याई रहेको पनि संघका अध्यक्ष महर्जनको भनाई रहेको छ ।


मेलामा राखिएका १२ फिटका बुद्धमूर्ति, दुई मिटरको पद्मसम्भव,  करिब ५ फिट सहस्रभुज लोकेश्वर सबैको आकर्षक विषय बन्यो ।ललितपुरमै उत्पादित ती धातुका ती मूर्तिहरुलाई हरेर धेरै त्यसमा कुँदिएको कलात्मक बुट्टाको प्रंसशा गरेका थिए । 


ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणापछि ललितपुर महानगरपालिका – १६ वटाले कला र संस्कृतिको महोत्सव आयोजना गरे लगतै भएको सो मेलामा राखिएका ती मूर्तिले त्यसको संरक्षण गर्न सबैको ध्यानाकर्षण गराएको थियो । त्यसैगरी  मेलामा नेपाल आर्ट भिलेजको स्टलमा कलाकार राजकुमार महर्जनले मानव मूर्ति बनाएको जीवन्त प्रदर्शनी पनि धेरैका लागि रोचकका विषय बन्यो।


 हस्तकलाको क्षेत्रमा संकट व्यहोनुपरिरहेको अवस्थामा मेलाले त्यसको संरक्षणका लागि ठोस कार्य गर्न ललितपुर महानगरपालिकालाई ध्यानाकृष्ट गरेको संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीको कथन रहेको छ । 


नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार साझँ भएको नेपाल आइडिलको बुकिबुकि हेर्न, नाच्नेहरुको भीडले माहौल निकै तताएको थियो । अहिलेसम्म  मेलाको करिब ५० हजारले अवलाकेन गरिसकेको पनि संघका अध्यक्ष महर्जनले दाबी गर्नुभयो ।


मेलामा मेलामा करिब १ सय वटा स्टलहरु रहेको छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी  र सज्जावटका गरी ३० वटा स्टल रहेका छन् । त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल रहेका छन् ।विभिन्न महिला समूहले उत्पादन गरेका सामग्रीको बिक्री वितरण राम्रो रहेको बताइएको छ । 


संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले जानकारी दिनुभयो । मेलाले ललितपुरमा बृहत मेला प्रदर्शनीको स्थल, खुल्ला ठाउँको महत्व र ललितपुरलाई बजारको रुपमा विकास गर्ने दिशामा ठोस टेवा पु¥याएको पनि संयोजक शाक्यले बताउनुभयो । 


‘ मेलाको लागि चयन गरिएको स्थान, सज्जावटका हिसाबले प्रायः काठमाडौंको भृकुटीमण्डपमा हुने यस खालका मेला ललितपुरमा पनि हुने र गर्न सक्ने सम्भावना छ भन्ने सन्देश दिएको छ ।’ प्रचारप्रसार संयोजक शाक्यले भन्नुभयो ।
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika